दफा २०
ऐनबमोजिम निकालिएका आदेश इत्यादीको व्याख्या

नेपालको कुनै ऐनले सूचना, आदेश, योजना, नियम, फाराम वा उपनियम जारी गर्ने अख्तियार दिएको भए विषय वा प्रसंगबाट अर्को अर्थ नलागेमा यो ऐन लागू भएपछि पनि ती सूचना, आदेश, योजना, नियम, फाराम वा उपनियमहरूको अर्थ सो अख्तियार दिने ऐन वा विनियममा लागे बमोजिम नै हुन्छ ।